नियम
वितरण संपरीक्षणको प्रतिवेदनमा समावेश हुनु पर्ने

(१) लेखा परीक्षकले पत्रपत्रिका वितरण
संपरीक्षणको प्रतिवेदनमा प्रत्येक अंकमा प्रकाशित पत्रपत्रिकाको संख्या र त्यसको वितरण संख्या देहायबमोजिम खुलाउनु पर्नेछः–

(क) ग्राहकलाई बिक्री वितरण गरिएका संख्या,
(ख) प्रकाशनसंग सम्बन्धित कर्मचारी, सदस्य, एजेन्ट वा नियमित रूपमा सहयोग गर्नेलाई वितरण भएका संख्या,
(ग) पुस्तक पसल वा एजेन्टमार्फत नियमित रूपमा ग्राहकहरूलाई बिक्री वितरण हुने संख्या,
(घ) पुस्तकालय वा वाचनालयमा निशुल्क वितरण हुने संख्या ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा फर्काइएका वा नबिकेको पत्रपत्रिकाको संख्या समेत खुलाउनु पर्नेछ ।